मोहित बनाउने सेलिना भुजेलको, तस्विर हेरौं

174

कार्तिक ६,
कोटेश्वर, काठमाडौंकी सेलिना भुजेल स्कुले छात्रा छँदै मोडलिङमा आबद्ध भएकी थिइन् । एसईईको परीक्षा दिनुअघि नै केही ब्युटी पेजेन्टहरुमा सहभागिता जनाएर विभिन्न शीर्षक उपाधिहरु जितिसकेकी सेलिनाले कलेज आएपछि पनि केही प्रतियोगितामा भाग लिइन् । पछिल्लो पटक उनले नेक्स्ट सुपरमोडल प्रतियोगितामा भाग लिएर उत्कृष्ट पाँचका साथै मिस पर्सनालिटीको उपाधि पनि जितिन् ।
५ फिट ३ इन्च अग्ली सेलिनाले अध्ययन सँग–सँगै मोडलिङमा पनि सक्रिय हुने योजना बनाएकी छिन् ।

केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी सेलिना भविष्यमा नेपाली चलचित्रसम्मको यात्रा तय गर्ने सोचमा छिन् । ‘सबै कुरा मिल्यो भने पछि चलचित्रमा पनि अभिनय गर्नेछु, सेलिनाका अनुसार उनलाई नृत्य गर्न असाध्यै मनपर्छ ।
बाहिरीभन्दा भित्री सौन्दर्यलाई प्राथमिकता दिने सेलिना क्याजुअल वेयरकी पारखी हुन् । आफूलाई सुहाउने तथा सहज हुने प्रायः सबै पहिरन लगाउँछु, सेलिना भन्छिन्— जिन्स र टिसर्ट चाहिँ प्रायः छुट्दैन ।’


–कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
मेकअपः प्रतिमा खड्का
लोकेसन : सम्पदा गार्डेन, लाजिम्पाट
साभारः साप्ताहीक