एनआरएनको नवौँ विश्‍व सम्मेलन : तीनजना पूर्वअध्यक्ष अनुपस्थित

77

असोज २८,
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मेलनमा तीनजना पूर्वअध्यक्ष अनुपस्थित भएका छन्। काठमाडौंको बौद्धस्थित हायात रिजेन्सीमा मंगलबारबाट जारी सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो तथा पूर्व अध्यक्षहरु देवमान हिराचन र जीवा लामिछाने अनुपस्थित भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको विश्व सम्मेलनको उद्घाटनका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता गरेका थिए। उद्घाटनसत्रको अध्यक्षको हैसियतमा ज्ञवालीले बोलेपछि पूर्वअध्यक्ष शेष घलेले कार्यक्रमलाई सम्बोधन गरेका थिए। वर्तमान अध्यक्ष भवन भट्टले पनि सम्बोधन गरेको कार्यक्रममा उद्घोषकले अनुपस्थित भएका तीनै पूर्वअध्यक्षको नाम पनि लिएनन्। सामान्यतः एनआरएनएको विश्व सम्मेलनमा पूर्वअध्यक्षहरुलाई पनि बोल्न दिने चलन छ। ज्ञवाली, घले र भट्टले बोलेपछि सम्मेलनको उद्घाटन सत्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिइन्। उनले एनआरएनहरुले देशको संस्कृति बचाउन सक्रिय हुनुपर्ने बताएकी थिइन्।