एनआरएनएमा किन यस्तो लफडा

184

असोज २७,
काठमाडौँ । नवौं विश्व सम्मेलनको सङ्घारमा रहेको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को तयारी अस्तव्यस्त बनेको छ ।एनआरएनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनस्थलमै विभिन्न गुट–उपगुटका साथै आर्थिक पारदर्शिताको सवाल उठाउँदै एनआरएन अभियान्ताहरुले नै नेतृत्वको आलोचना गरेका छन् । सोभन्दा बढी विवाद मतदाता नामावली दर्ताका क्रममा देखिएको छ ।

एनआरएनले राष्ट्रिय समन्वय परिषद्मार्फत टुङ्गो लगाएर ल्याएको नामावली केन्द्रमा आइसकेपछि फेरबदल भएको भन्दै सम्बन्धित देशका अधिकारीले विरोध जनाएका हुन् । विशेषगरी अमेरिका, बेलायतलगायतका देशमा प्रतिनिधि फेरबदल भएको उनीहरुको गुनासो छ । एनआरएनए निर्वाचन कमिटीले अक्टोबर १० देखि १४ ९आज० सम्मका लागि नामावली दर्ताको लागि समय तोकेको थियो । तर आजसम्म आइपुग्दा दर्ता प्रक्रिया १५ सयको भन्दा सकिएको छैन ।

एनआरएन महासचिव डा। बद्री केसीले सोमबारसम्म १५ सय प्रतिनिधिले नामावली दर्ता गराएको भन्दै आज अवेरसम्ममा २५ सय हाराहारीमा नामावली दर्ता भइसक्ने जानकारी दिए ।
आफ्नो मताधिकार प्रयोग गर्नका लागि विश्वभरबाट चयन भएर आएका मतदाताले फेरि केन्द्रमा अन्तिम पटक नाम दर्ता गराउनुपर्ने हुन्छ । तर, सुरुका तीन दिनमा उत्साहजनक दर्ता प्रक्रियामा सहभागिता नजनाउँदा र आजैमात्रै दर्ता गराउनेको चाप हुँदा एनआरएनए परिसरमा चर्काचर्कीसमेत सुन्न पाइन्छ । -ratopati