असोज २४, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।