अमेरिकी हवाई आक्रमणमा ३० सर्वसाधारण मारिए

188

एजेन्सी, असोज २२,
काठमाडौं । पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन्। सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन ९युएनमा० ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ। जसमध्ये ३० मारिएका हुन्। हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ।