अर्घाखाँचीमा जीप दुर्घटना : तीनको मृत्यु

211

असोज २०,
बुटवल । अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोही दुर्घटनामा परी ६ जना घाइते भएका छन्। कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नं। को स्कार्पियो जीप सोमबार अपरान्ह १२स्३० बजे सन्धिखर्क नगरपालिका वडा नंं ६ घुम्ती नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका र उनीहरूको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ। जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तीनसय मिटर तल खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा परी जीपका चालक कपिलवस्तु बुद्धभूमिका वीरेन्द्र श्रेष्ठ घाइते भएका छन्। अहिले दुर्घटनाका
घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।