यी हुन् दसैं विदामा घुम्न जानका लागि उपयुक्त ठाउँ

417

भदौं १४,
काठमाडौं । पर्यटकको लगि नेपाल विश्वको उत्कृष्ट गन्तब्यमा पर्छ । विश्वकै उत्कृष्ट पदमार्गहरू नेपालमा रहेकाले यो घुम्नैपर्ने देश रहेको छ । नेपालका विभिन्न गाउँ तथा त्यहाँको संस्कृतिको अवलोकन गर्न सकिन्छ । नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन् । यदि तपाई दसैं विदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी केही गन्तव्यका बारेमा जानकारी गराउँछौं ।

नेपालमा घुम्न आउने प्रयर्टकले घुम्नै पर्ने गन्तव्यहरु:

 रारा

देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा पर्ने रारा तालमा पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुन्छ ।

पुनहिल

नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जाँदा रमाईलो हुन्छ । म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको छ ।  

जोमसोम–मुक्तिनाथ

हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान बनाएको छ ।  

खप्तड

खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुन्छ ।

कोशी टप्पु

कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रे चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको मानिन्छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ ।

इलाम

नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् ।

नगरकोट

काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ । बस्नका लागि सस्तादेखि महंगा सबैखाले होटलहरु यहाँ रहेका छन् ।

नगरकोटबाट काठमाडौं उपत्यकाको शुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

बन्दीपुर

तनहुँको बन्दीपुर पुरानो बजार हो । पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकमा पर्न सफल भएको छ । डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा स्वदेशी विदेशीको बाक्लो भिड लाग्ने गर्छ ।

यहाँको आकर्षण भनेको नेवारी वस्ती र सुन्दर दृश्यावलोकन नै हो । यहाँबाट तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ । वातावरणका हिसावले पनि यो ठाउँ उत्तम रहेको छ । दसैं विदामा बन्दीपुर गएर परिवार तथा साथीभाईसँग मज्जाले रात विताउन सकिन्छ ।

घलेगाउँ

लमजुङको घलेगाउँ ग्रामिण पर्यटनका लागि प्रशिद्ध ठाउँ हो । होमस्टे मार्फत सेवा दिने घलेगाउँमा आतिथ्य सत्कार लोभलाग्दो छ । घलेगाउँ एकपटक पुग्नैपर्ने ठाउँ हो । यातायातको सुविधा पुगिसकेको घलेगाउँमा खान बस्नका लागि सुविधा रहेको छ ।

घलेहरुको वस्ती रहेको घलेगाउँमा दसैं विदामा भ्रमणका लागि उत्तम गन्तव्य हो । एकपटक घलेगाउँ पुगेको मानिस त्यहाँको प्राकृतिक सुन्दरता, त्यहाँको बस्ती, त्यहाँका मानिसको आतिथ्य सत्कारका कारण जिन्दगीभर भुल्न सक्दैन ।

 

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ ।  

लाङटाङ

रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल ९७ हजार २ सय ४५ मिटर० र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ ।

त्यस्तै बुद्धको जन्मस्थल लुम्विनी , हात्तिसवारको लागि सौरहा र हनिमुनको लागि प्रख्यात पोखरा सबै प्रर्यटकको लागि घुम्नको लागि उपयुत्त ठाउँहरु हुन् ।
पोखरा, नगरकोट, कालिन्चोक, धुलिखेल, धनकुटाको भेडेटार, बन्दिपुर लगायतका धेरै स्थानहरु नेपालका घुम्न लायक ठाँउहरु हुन् ।

-हामीले यी तस्विरहरु सामाजिक संजाल र गुगलबाट लिएका हौं ।