महरा प्रकरण : रोशनीका श्रीमान-श्रीमतीको सम्बन्ध विच्छेद

1182

असोज १६,
काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही ९भिडियो र पत्रमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएकोले० र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो।

सम्बन्ध विच्छेदमा श्रीमान्श्री-मती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको छ ।