राष्ट्रपति शीको भ्रमण तयारी : चिनियाँ विशेष टोली काठमाडौंमा अवतरण गरेसँगै विमानस्थल २ घण्टा बन्द

255

असोज १५,
काठमाडौं स् चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण तयारीका लागि बेइजिङबाट विशेष टोली काठमाडौं आइपुगेको छ। बोइङ ७४७–८०० विमानमार्फत् चिनियाँ विशेष टोली अनुगमनका लागि काठमाडौं आइपुगेको हो। विशेष टोली दिउँसो पौने २ बजे काठमाडौं उत्रिएसँगै २ घण्टाका लागि विमानस्थल बन्द गरिएको छ। आवश्यक सुरक्षा तयारीको अनुगमन र नेपाली अधिकारीहरुसँग परामर्शका लागि टोली काठमाडौं आएको हो। टोली अवतरण गरेसँगै विमानस्थल बन्द गरिएको विमानस्थल सुरक्षा प्रहरीका एक अधिकृतले जानकारी दिएका छन्। त्रिभुवन विमानस्थलको सानो रनवेमा ठूलो विमान अवतरण गरेकाले अन्य विमानलाई अवतरण र उडानमा २ घण्टा रोकिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ।