नेकपाले बोलायो सचिवालय बैठक, महराको सभामुख पद जोखिममा

320

असोज १४,
काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि उक्त विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ। स्रोतका अनुसार बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।  स्रोतका अनुसार ‘महरालाई राजीनामा दिन लगाउने सम्भावना छ’। यसअघि महराको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र  नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए।

साथै खुमलटारमा प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् । नेताहरुले महराले राजीनामा दिनुपर्ने सुझाव बैठकले दिएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । बैठकमा महराको ‘कमजोरी’ देखिएको भन्दै उच्च ओहदामा रहेका व्यक्तिले माथि प्रश्न उठिसकेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा अधिकांश नेताहरुबाट आएको उनको भनाइ थियो ।