नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषित

247
फाईल तस्विर

असोज १३,
काठमाडौं । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ। राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन्। खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सरकारले ८ वर्षअघि सुरु देशव्यापी रुपमा सुला दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थियो। यो घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ।

खानेपानी मन्त्रालयले यो घोषणाले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेकाले बताएको छ। खुला दिसामुक्त राष्ट्रको घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‍ओलीले अब नेपाल अहेक दिन एक कदम अगाडि हुने अभियानमा लाग्ने बताए। ‘सडक मानवसहित भिखारी मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा अब हामी लाग्छाैं’, उनले भने,’अब यहाँ कोही पनि भोकै मर्नु पर्दैन।’