असोज १०,
काठमाडौं । भारत–पाकिस्तान विवाद दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को विदेशमन्त्री स्तरीय बैठकमा समेत देखिएको छ। पछिल्लो समय कश्मीर विवादलाई लिएर बढ्दो तनाव सार्क राष्टको मन्त्रीस्तरीय बैठकमा पनि देखिएको हो। न्यूयोर्कमा बिहीबार बेलुका भएको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरु सँगै सहभागी भएनन् । पाकिस्तानी विदेशमन्त्री बैठकबाट बारिएपछि मात्रै भारतीय विदेशमन्त्री बैठकमा प्रवेश गरेका थिए । यस्तो व्यवहारले भारत–पाकिस्तानको विवाद चरम उत्कर्षमा रहेको संकेत गरेको छ । बैठकमा एकसाथ सहभागी नहुनुमा भारतीय पक्ष महासभा अन्तर्गतका सहायक बैठकमा व्यस्त रहेको भनी कारण देखाइ दुवै मुलुकका विदेशमन्त्री सँगै बसेर विवाद समाधानको थलो बनाउने प्रयास भएन।
नेपाललको अध्यक्षतमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा बसेको सार्क राष्ट्र मन्त्रीस्तरीय अनौपचारिक बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘बैठक सफतापूर्वक सम्पन्न भएको छ, लामो समयपछि भएको बैठकको आफ्नै महत्व छ ।’बैठकमा सार्क राष्ट्र अन्तर्गत परराष्ट्र तथा विदेश मामिला हेर्ने मन्त्रीका साथै महासभामा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरुको उपस्थिति थियो । बैठक दक्षिण एशिया क्षेत्रको बृहत्तर विकासमा केन्द्रीत रहेको परराष्ट्रमन्त्री ज्ञावालीले बताए।