एक टुक्रो जमीन पनि बाँझो नराख्‍न किसानलाई प्रधानमन्त्रीको निर्देशन 

54

असोज ८,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता(कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा ० निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथ ग्रहण समारोहलाई ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि बताए।

‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाई र उत्पादनबारे राम्रोसँग थाहा छ’, प्रधानमन्त्री ओलीले भने ‘सिँचाई र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।’ ‘हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ’, उनले भने, ‘सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ ।  कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ।’

प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने बताए।