सलमान खानलाई फेरी पनि ज्यान मार्ने धम्की

238

एजेन्सी, असोज ८,
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमान खान १९९८ को कालो हिरण शिकारको मुद्धामा आरोपी हुन् । उनी यहि केशमा २७ सेक्टेबरमा जोधपुर अदालतमा पेश हुँदैछन् । अदालतले यदि सलमान पेश भएनन् भने जमानत खारेज गर्ने बताएको छ ।

सलमानलाई अदालतमा पेश हुनु भन्दा अगाडी नै सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएको छ । उनलाई ‘स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू)’ नामको समूहबाट शुटर नामको आईडीबाट धम्की दिइएको हो । उक्त पोस्टमा लेखिएको छ, ‘विचार गर सलमान त भारतको कानुनबाट बच्न सक्छस् । तर, बिश्नोई समाज र सोपु पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ । सोपू अदालतमा त दोषी हो ।’