असोज ७
काठमाडौं । संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको निर्णय त्यहाँको सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।, जोनसनले सेप्टेम्बर पहिलो हप्ता पाँच साताका लागि संसद निलम्बन गर्ने निर्णय गरेका थिए । तर अदालतले संसदलाई रोक्नु गलत हुने भन्दै जोन्सोनको निर्णय अवैधानिक ठहर गरेको हो ।
सर्वोच्च अदालतककी प्रमुख लेडी हेलले ११ जना नाम नखुलाइएका न्यायाधीशको निर्णय संसद रोकिनुहुन्न र बोरिसको निर्णय बदरभागी भएको बताएकी छन् । संसद के गर्ने भन्ने विषयमा हाउस अफ कमन्स र हाउस अफ लर्डस्का प्रमुखले निर्णय गर्ने अदालतले उल्लेख गरेको छ । हाउस अफ कमन्सका सभामुख जोख बेर्कोले अदालतको आदेशको स्वागत गरेका छन् ।