असोज ६,
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ नेपाल आउने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा उनी नेपाल आउन लगेका हुन् । चिनियाँ राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आउन लागेका हुन् ।
तीन दिने भ्रमणका क्रममा ताओ आज नै काठमाडौं आइपुग्ने नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनी थाइल्यान्डबाट आज दिउँसो १२ः२५ मा त्रिभुवन विमानस्थल ओर्लने कार्यक्रम रहेको छ । सोङले नेपालमा रहदाँ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने छन् ।