असोज २,
अनौठो । विश्वमा भएका केहि घटनाले मानिसलाई अचम्भित बनाउने गर्दछ । जसलाई सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरिन्छ । उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक परिवारलाई साँढेको पुजा निकै महंगो साबित भएको छ । भारतको महाराष्ट्रको अहमदनगरस्थित रायटे वाघापुर गाउमा एक महिलाले साँढेको पुजा गर्ने क्रममा करिब २ लाख पचास हजार रुपैयाँ बराबरको सुनको मंगलसुत्र लगाइदिइन् ।
सोहि बेला अचानक बिजुली गयो । बिजुली गएपछि उनी मैनबत्ती लिन घरभित्र पसिन् । त्यहि बेला साँढेले उनको मंगलसुत्र निलिदियो । मंगलसुत्र निलेको देखेपछि उनले हतारमा परीवारको सदस्य डाकिन् । त्यतिबेला सम्म साँढेले आधा मंगलसुत्र निलिसकेको थियो ।ती महिलाका पतिले साढेको मुखभित्र हात हालेर मंगलसुत्र निकाल्न खोजे । जसोतसो आधा मंगलसुत्र निस्कियो । आधा मंगलसुत्र निलेको साढेको गोबरमा ८ दिनसम्म मंगलसुत्र खोजियो । तर साढेले निलेको मंगलसुत्र गोबरमा निस्कएन । त्यसपछि साढेको पशु चिकित्सद्वारा शल्यक्रिया गरियो । र साँढेको पेटबाट आधा मंगलसूत्र निकालियो ।