‘प्रचण्ड नेपालका नेता हुन् कि दिल्लीका दुत’

358

असोज ३,
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीका एक दूत हुन वा नेपालका नेता हुन भनेर साधारण जनतालाई चिन्न बुझ्न गाह्रो भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा शुक्रबार पार्टीको सातौँ महाविधेशनको उद्घाटन समारोहमा बोल्दै बिजुक्छेले भने ‘एमाओवादी एक अराजकबादी दल एमाले जस्तै पुजीबादी भासमा कहिल्यै नउम्कने गरि पतन भएको छ ।’ अहिलेको नेकपामा एक भएका दलहरु निर्वाचनमा बहुमत ल्याएर नेपाली कांग्रेसलाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्त हिन राजनीति गरिरहेका बिजुक्छेको आरोप छ ।

‘सैद्धान्तीक रुपले आफुहरुसंग पटककै नमिल्ले क्षेत्रवादी र अवसरवादीसंग मिलेर निर्वाचनलाई प्रयोग गरि सरकारमा जाने उद्देश्य राख्नु माक्सवाद नभइ संशोधनवाद र अवसरवाद हो,’ अध्यक्ष बिजुक्छेले भने ।
बन्दुक बोक्नेनै कम्युनिष्टको कसी हुने भए पृथ्वी नारायण शाह, राणा शासक, कांग्रेस सबै कम्युनिष्ट हुने थिए भन्दै बिजुक्छेले प्रश्न गरे के उपनि कम्युनिष्ट हुने भए ?
नेमकिपाले अमेरिकी सामराज्यवाद र भारतिय बिस्तारबादको संसदमा बिरोध गर्नु क्रान्तिकारी संसदवाद भएको बिजुक्छेको भनाई छ ।

नेमकिपाका सचिव प्रेम सुवालले भारतेले खुल्ला सीमाकै दशगजामा पाँच दर्जन भन्दा धेरै बाँध बनाउने कार्यको पार्टीले निरन्तर विरोध गरेरको बताए । ‘सडक हुदाँ सीमा विवादको विषयमा कराउने वर्तमान नेकपाका नेताहरु सरकारमा गएपछि चुइक्क बोल्दैनन्,’ सुवालले भने ।
उक्त उद्घाटन समारोहमा केन्द्रीय सदस्य सुनिल प्रजापति, डिल्ली काफ्ले, अनुराधा थापा मगरलगायतले देशमा संघीयता लागू भएपनि वर्तमान सरकारले स्थानीय तहलाई अधिकार दिन नचाहेको बताएका छन् ।

भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ ¥याली शुरु गरी भक्तपुर सल्लाघारी चौरमा उद्घाटनस्थलमा पुगेको थियो ।
२०३१ साल माघमा पार्टी स्थापनाकालदेखि हालसम्म पटक पटक नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुदैं आएका छन् । नेमकिपामा सातौं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँको खुल्ला मञ्चमा छैठौं महाधिवेशन गरिएको थियो ।