एजेन्सी, असोज ३,
काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार राती गोली चलेको छ । उक्त गोली प्रहारमा परी एक जनाको मृत्यु भएको स्रोतले जनाएको छ। कोलम्बिया हाइट्स क्षेत्रमा भएको पहिलो गोली प्रहारमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए ।
यस्तै, बिहीबार राति वासिङटनको रोधे आइलयान्डमा पनि गोली चलेको थियो । उक्त घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ। दुवै घटना एकअर्कासँग जोडिएको हुनसक्ने स्थानिय प्रहरीले अनुमान गरेको छ । प्रहरीले दुईजना व्यक्ति हतियार लिएर हिँडिरहेको तस्विर फेला पारेको छ।