काँचो दूध स्वास्थ्यका लागि फाइदा कि बेफाइदा ?

251

एजेन्सी, भदौ ३०,
काठमाडौं । दूध स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटीनको मात्रा रहेको हुन्छ। त्यसैले केटाकेटी र वृद्धवृद्धाहरुलाई नियमित दूध सेवन गर्न विज्ञहरुले सल्लाह दिने गर्छन्।खासमा दूधले हड्डी बलियो बनाउने काम गर्छ।

प्रायजसो मानिसले उमालेको दूध पिउन मन पराउँछन्।तर कतिपय व्यक्तिले नउमालेरै दूध पिउने गर्छन्।तर वैज्ञानिकका अनुसार काँचो दूधभन्दा उमालेको दूध पिउनेहरु स्वस्थ्य हुने बताउछन्।विज्ञका अनुसार काँचो दूधमा ब्याक्टेरियाको खतरा बढी हुन्छ।

त्यसैले काँचो दूध पिउनेहरु उमालेको दूध पिउनेभन्दा बढी बिरामी हुने गर्छन्। अक्सर गरेर भैंसीमा टीवीको जिवाणु पाइन्छन्। भैंसी दुहुने क्रममा टीवीका ब्याक्टेरियाहरु विभिन्न माध्यमबाट दूधमा मिसिने संभावना बढी रहन्छ। काँचो दूध पिउँदा ब्याक्टेरिया शरीरमा सिधैं प्रवेश गर्ने भएकाले टीवीको संक्रमण देखिने संभावना बढी रहन्छ।

शरीरमा एसिड र बेसको मात्रा नियन्त्रण राख्नु जरुरी छ।काँचो दूधमा एसिडको मात्रा बढी रहन्छ।जसले शरीरमा फाइदाभन्दा बेफाइदा बढी गर्छ। दूध उमाल्दा यसमा रहेको पोषक तत्व मर्दैन।उमालेको दूध स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।दूध उमाल्दा यसमा रहेका ब्याक्टेरिया नष्ट हुन्छन्।यसकारण काँचो दूध होइन उमालेर दूध पिउने गरौं।-annapurnapost.com