भदौं ३०,
लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्धारा अभिब्यक्ति श्रृंखला भाग–१२ सम्पन्न भएको छ । १४ सेप्टेम्बरमा नर्थलण्डनको हाइवेकममा सम्पन्न उक्त कार्यक्रममा यस पटक गीतकार तथा कवि जानु काम्बाङलाई मञ्च प्रदान गरिएको थियो । अध्यक्ष श्रीमती दिपा लिम्बू राई र विशेष अतिथि डा. रूपक श्रेष्ठले अभिब्यक्ति श्रृंखला भाग–१२ का स्रष्टा जानु काम्बाङलाई दोसल्ला र ताम्रपत्रद्धारा सम्मान गरेका थिए । स्रष्टा जानु काम्बाङको सृजनाहरू दुई भागमा बिभाजन गरेर प्रस्तुत गरिएको थियो । कार्यव्रmमको सुरूमा उत्कृष्ट सात कविताहरू वाचन भएका थिए भने दोस्रो खण्डमा एघारथान गीतहरू स्रष्टा जानुले वाचन गरेकी थिइन । तारा लक्समकै स्वर र संगीतमा रहेको स्रष्टा जानु काम्बाङको एक लोकप्रिय गीत, गायक तारा लक्समले विचमा गिटार सँग गाएर मनोरन्जन दिलाएका थिए । १ उत्कृष्ट गीत र १ उत्कृष्ट गजलको म्युजिक भिडियो समेत उक्त कार्यव्रmममा प्रदर्शन गरिएको थियो । स्रष्टा जानु कामबाङको गीत र कविता लेखनको बारेमा विशेष अतिथि डा। रूपक श्रेष्ठले सम्क्षिप्त भनाई राखेका थिए । समारोहमा जानु कामबाङको पछिल्लो कृति गीतीसङ्ग्रह आशुँको लयको पनि लोकार्पण गरिएको थियो ।
गीतकार तथा कवि जानु कामबाङ बेलायतका सकृय स्रष्टा हुन । गीत, कविता बाहेक कथा, नियात्रा, मुक्तक र गजल बिधामा शसक्त कलम चलाउदै आएका जानु कामबाङको कवितासङ्ग्रह ‘शिविरमा इश्वर’ (सन् २०१६), गीतीएल्बम ‘अनुभव’ (सन् २०१६), ‘जानु’ (सन् २०१८), कथासङ्ग्रह ‘नउघ्रेको जुन’ (सन् २०१८) र आँशुको लय (सन् २०१९), प्रकाशीत भइसकेको छ । यसैगरी, नियात्रा र उपन्यासजस्ता महत्वपुर्ण कृतिहरू प्रकाशोन्मुख रहेकाछन् ।
जानु कामबाङ गीती लेखनको क्षेत्रमा एक शशक्त हस्ताक्षर हुन । उनको गीतहरू एकसय भन्दा धेरै संख्यामा रेकर्ड भइसकेका छन्् । भने ‘वेचिदिन्थे यो जवानी’ ९चलचित्र मट्टिमाला०, ‘कयौ प्यासी रातहरू’, ‘तिमी भित्रभित्रै, ‘यस्तो एउटा संसार खोज्नु जस्ता गीतहरू निकै लोकप्रिय रहेका छन् । उनका गीतहरूमा गायक राजेश पायल राई, मेलीना राई, सन्जीवनी, आनन्द कार्की, प्रबिषा अधिकारि, प्रमोद खरेलदेखि नेपाल आइडल र भइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, श्रेयसी चेम्जोङ, सुनीता थेगिम, बबिना किराँती, सुजन तिगेला र मीना निरौला लगायत अन्य थुप्रै लोकप्रीय कलाकारहरूले स्वर भरिसकेका छन् ।
सन् २००७ सालबाट सुरू गरिएको अभिब्यक्ति श्रृंखला कार्यक्रममा सहभागी स्रष्टाहरू सन् २००७ संगीतकार चोक गुरुङ, सन् २००८ साहित्यकार दयाकृष्ण राई, सन् २००९ साहित्यकार टंक वनेम, सन् २०११ संगीतविज्ञ किशोर गुरुङ, सन् २०१२ साहित्यकार अञ्जु अञ्जली, सन् २०१३ पप गायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ नाट्यकर्मी शशी थापा सुब्बा, सन् २०१५ साहित्यकार रक्ष राई र सन् २०१६ कवि तथा गीतकार निर्मला ‘परिवेश’ राई हुन । सन् २०१७ कवि तथा मुक्तकार डा। रूपक श्रेष्ठ, सन् २०१८ साहित्यकार गणेश राई र सन् २०१९ मा गीतकार तथा कवि जानु काम्बाङलाई मञ्च प्रदान गरिएको हो ।
स्रष्टा जानु काम्बाङको प्रस्तुतीे सकिएपछि, त्यहाँ उपस्थित अन्य साहित्यकारहरूलाई पनि आफ्ना सृजनावाचन गर्न दिईएको थियो । उक्त अवसरमा कवि तथा बासुरीबादक सेमन्त राईले रोचक मुक्तक र मिठो बासुरीको धुन प्रस्तुत गरेका थिए । कार्यव्रmममा नानु राना, लाहाङ चेम्जोङ, अमीत थेवे, टंक राई लगाएतका कविहरूले कविता वाचन गरेका थिए ।
अध्यक्ष दिपा लिम्बू राईको सभापतित्वमा सम्पन्न समारोहमा रिटायर्ड मेजर भवानी पन्धाक, बेलायत भ्रमणमा रहनु भएका मेरो अनलाईन टिभीका निर्दैशक तथा पत्रकार विश्वराज सामेखाम, ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, अक्शफोर्ड नेपाली समाजका अध्यक्ष श्री पुष्पा राई, याक्थुम माङगेना चुम्लुङ युकेका अध्यक्ष श्रीमती कमला लिम्बू, लिङदेन समाज युकेका अध्यक्ष श्री कृष्ण लिङदेन, किरात राई यायोक्खा युकेका उपाध्यक्ष प्रेम राई, किरात राई कलाकार संघ युकेका उपाध्यक्ष निर्मला मादेन, लिम्बूवान नागरिक समाज युकेका महासचिव लाहाङ चेम्जोङ र लोकप्रिय गायकहरू तारा लक्सम, बिसी राई अनि गायिका पुष्पा राई आदि अतिथि रहेका थिए । सचिव नरेश नातिले पहिलो चरणको कार्यव्रmम संचालन गरेका थिए । सहसचिव अञ्जु अञ्जलीले दोश्रो चरणको कार्यक्रम संचालन गरेकी थिइन् । तेसैगरी उपाध्यक्ष गणेश राईले स्वागत मन्तव्य, र चोक गुरुङले सुरक्षाको बारेमा जानकारी दिएका थिए ।













