विप्लवका छोरा प्रकाश चन्द रिहा

98

भदौ २६,
काठमाडौं । प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् । अत्यावश्यक सेवा अवरुद्ध हुने गरी चितवन मेडिकल कलेजमा धर्ना दिएको आरोपमा बुधबार विहान प्रकाशन पक्राउ परेका थिए ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अत्यावश्यक सेवामा अवरोध पुग्ने गरी मेडिकल कलेज क्षेत्रमा कुनै पनि गतिविधि नगर्ने शर्तमा उनीहरुलाई रिहा गरिएको चितवन प्रहरीले जनाएको छ ।