भदौं १४,
काठमाडौं । उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका धेरै स्थानमा अहिले पानी परिरहेको छ । शुक्रबार रातिदेखि नै वर्षा भएको हो । ९ बजेपछि पानी पर्न केही रोकिए पनि दिउँसो १ बजेपछि फेरि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पूर्व र मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान:
भाद्र १४ गते (शनिबार)
दिउँसो: देशभरी सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भाद्र १५ गते (आईतबार)
दिउँसो: देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशभरी सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
भाद्र १६ गते (सोमबार)
दिउँसो: देशभरी सामान्य बदली पूर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पुर्व र मध्यका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षा हुने र पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पूर्वी र मध्य पहाडी भू-भागमा पहिरोको संभावना र नदीको बहाव बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ।