अर्थमन्त्रीसँग व्यापारीको दावी कर्मचारीलाई दिने घुस ३५ प्रतिशत

88

भदौ १३,
काठमाडौं । सुदुरपश्चिमका व्यापारी प्रकाश साउदले घुसको रकम ३५ प्रतिशत पुगेको बताएका छन् । अर्थमन्त्री डा।युवराज खतिवडाको सामुन्ने उनले केही वर्ष अघिसम्म १० प्रतिशत घुस दिएर हुने ठाउँमा अहिले बढेर ३५ प्रतिशत पुगेको बताएका हुन ।

चेम्बर अफ कमर्शले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा उनले भने,’अहिले कर्मचारीलेनै घुसको रकम बढेको र त्यो रकम विभिन्न नेता र कर्मचारीलाई बुझाउनुपर्ने बताउँछन्। यो सत्य कुरा बताउँदा मलाई जेल हालेपनि हुन्छ।’ हामी कर तिर्न तयार छौं। कर तिरेको रकम पनि सदुपयोग होस् र कर्मचारीले पनि भनेका बेला काम गरिदिउन् भन्ने हो।तर तपाईलाई घुस लिएको कर्मचारी र रकमको तथ्यांक म दिन तयार छु’

साउदले कर्मचारी मात्रै होइन व्यापारी समेत सबै राम्रो नभएको बताउँदै भने(‘हामी पनि चोर हौं।’ उनले सरकारले ल्याएको विभिन्न करका कारण सीमावर्ती क्षेत्रका बजार सुकेको बताउँदै अधिकांश उपभोक्ता भारतमा गएर सामान किन्ने गरेको बताए।‘भारतसँग जोडिएका क्षेत्रका अधिकांश नेपाली भारतमा गएर सामान किन्छन्।भारतमा भन्दा नेपालमा सबै सामान महँगो छ।धनगढीकै कुरा गर्ने हो भने दैनिक एक करोडको पनि कारोबार हुँदैन। तर त्यहीसँग जोडिएको बजारमा १० करोड भन्दा बढी हुन्छ’साउदले भने।