एजेन्सी, भदौ १२,
काठमाडौं । कश्मीर मुद्धामा भारत र पाकिस्तानबीच तनाव जारी रहँदा पाकिस्तानले मिसाइल परीक्षण गरेको छ । पाकिस्तानले बुधबार राती ब्यालेस्टिक गजनवी मिसाइल परीक्षण गरेको हो । यसले जमीनमुनी २ सय ९० किलोमिटरसम्म ‘हीट’ गर्न सक्ने बताईएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले मिसाइल परीक्षण जानकारी सामाजिक सञ्जाल ट्विटरबाट दिएका छन् । उनले गजनवी मिसाइल परीक्षणपछि प्रधानमन्त्री तथा राष्ट्रपतिलाई बधाई दिएका छन् । पाकिस्तानले यसै वर्षको मेमा पनि शाहीन–२ मिसाइल परीक्षण गरेको थियो ।
Pakistan successfully carried out night training launch of surface to surface ballistic missile Ghaznavi, capable of delivering multiple types of warheads upto 290 KMs. CJCSC & Services Chiefs congrat team. President & PM conveyed appreciation to team & congrats to the nation. pic.twitter.com/hmoUKRPWev
— DG ISPR (@OfficialDGISPR) August 29, 2019