भदौं ११,
भक्तपुर । करिब चार वर्ष प्रेममा रहेका एक यवक अहिले हिरासत र अदालतको चक्कर काट्दैछन् ।
काभ्रेका २३ वर्षीय नजर (नाम परिर्वनत) र रामेछापकी २२ वर्षीय निभा (नाम परिर्वतन) चार वर्षसम्म माया प्रेममा रमाए । उनीहरुबीचको सम्बन्धमा बाकीँ केही रहेन, सबै भयो । तर करिब तीन साता अगाडी त्यो प्रेम कहानीले अर्कै रुप लियो । परिवारको आग्रहमा नजरले विदेशममा बस्दै आएकी एक युवतीसंग बिवाह गरे । त्यसपछि प्रेमीका निभाले आफुलाई प्रलोभनमा पारेर यौन शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिइन् ।
निभाले प्रहरीमा दिएको उजुरी अनुसार आफुलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारेर पटक –पटक शारिरीक सम्बन्ध राख्दै आएको आरोप लगाएकी छिन् ।
यो घटनामा निभाले विवाह गरेकी श्रीमतीसंग नजरले सम्बन्ध बिच्छेद गरे आफु मुद्धाबाट पछि हट्ने संकेत निकटका मानिससंग गरेको स्रोत बताउँछ । यसरी प्रेममा धोका भएपछि पनि प्रहरीमा आएर यौन शोषण, बलत्कार, जबरजस्ती करणीको आरोप लगाउदैं उजुरी दिन आउनेको संख्यामा वृद्धि भएको देखिन्छ । अर्को घटना श्रीमानको यौन यातना सहन नसकेको भन्दै एक महिला केही समय अगाडी भक्तपुर प्रहरीमा पुगिन् । पोर्न फिल्मको लत लागेका उनका ४० वर्षका श्रीमानको दैनिक व्यवहारले ३४ वर्षकी ती महिला आजित भइन् । प्रहरीका अनुसार पारिवारीक हिसाबले निकै उच्च वर्गका उनीहरुको जिवन ४ वर्ष यताको अवस्था श्रीमतीले वर्णन गर्दा निकै दुःखद थियो ।
विवाह गरेको १३ वर्ष पुगेका ती जोडीको ११ वर्षका छोरा छन् । तर श्रीमानको बानी भने महिलाले सहन नसक्ने थियो । ४
वर्षसम्म घर परिवार र बच्चाकोलागि सहदै आएकी उनले अन्तत उजुरी गर्न बाध्य भइन् ।
महिलाले प्रहरीलाई भनेकी छिन् ‘दैनिक हात खुट्टा बाँधेर सात पटकसम्म शारिरीक सम्बन्ध राख्नु पर्ने श्रीमानलाई त्यो अपराध मैले सहन सकिन् ’ । श्रीमतीलाई पशुतुल्य गरेर शारिरीक सम्बन्ध राख्ने ती पुरुषको खराब बानी सुनेर आफन्त र छिमेकका सबैजना चकित परे । अर्को घटनामा रामेछाप घर भई हाल भक्तपुर बस्दै आएका एक बिवाहीत जोडीको बिवाहउत्तर सम्बन्धले निम्त्याएको संकट छ । श्रीमान श्रीमतीलाई ंंशका गर्ने गर्दै आएका थिए । तर एक दिन श्रीमतीले असारमा श्रीमानले आफुलाई जबरजस्ती करणी गरेको भदै साउनको अन्तिम साता उजुरी दिइन् ।
महिलाको उजुरी अनुसारले प्रहरीले उनका श्रीमानलाई पक्राउ ग¥यो । तर अनुसन्धानको क्रममा केही यस्ता रहस्य बाहिर आए जुन उनीहरुको दुबै जनाको बाहिर सम्बन्ध थियो । तेस्रो व्यक्तिको प्रवेश त्यो घटनामा भएपछि महिलाले श्रीमानलाई जबरजस्ती करणी गरेको आरोप लगाइन् । प्रहरीका अनुसार घटनाको अन्तिमसम्म अनुसन्धान गर्दै जादाँ कतिपयमा महिलाको कमजोरी भेटिएपछि उनीहरुले अदालतमा गएर बयान फेर्न गरेका छन् ।
माइती जान्छु भनेर घरबाट निस्केकी एक महिला प्रेमीसंग भक्तपुरको सल्लाघारीमा रहेको एक होटलमा रात बसिन् । उनी माइती नपुगेको श्रीमानले थाहा पाएपछि श्रीमतीले घटनालाई अर्कै मोड दिइन् । श्रीमान र घर परिवारले थाहा पाएपछि उनले रात संगै बसेको पुरुषले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । त्यसपछि प्रहरीले ती पुरुषलाई नियन्त्रमा लियो । तर अदालत पुगेपछि महिलाले यस्तो बयान दिइन् जुन बयानपछि अदालतले समेत प्रहरीलाई चेतावनी दियो । महिलाले ती पुरुषसंग आफुले राजीखुसी यौन सम्बन्ध राखेको र प्रहरीले उजुरीमा के लेखेको थाहा नभएको दाबी गरिन् । पहिला बलात्कार ग¥यो भन्ने महिलाले पछि किन त्यस्तो गरिन् प्रहरी आफैं अन्योलमा प¥यो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक रेवति रमण पोखरेलका अनुसार भक्तपुरमा पछिल्लो वर्ष घरेलु र यौन हिंसा बढ्ेको देखिन्छ ।
उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका गाउँ–गाउँमा पुगेर घरेलु हिंसाका बारेमा जनचेतना मुलक गतिविधी गर्दै आएकाले पनि महिलाहरुमा हिंसा सहनु हुदैंन् भन्ने धारणा विकशित भएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/०७६मा भक्तपुर प्रहरीले यौन हिंसाका मात्र ३४ मुद्धा दर्ता गरेको छ । जसमा कानुनले तोकेको उमेर भन्दा कम उमेरका किशोरीसंग यौन सम्बन्ध राख्नेको संख्या करिब ५० प्रतिशत छ । सामाजिक संजालको अत्यधिक प्रयोगका कारणपनि सानै उमेरमा यौन सम्बन्ध राख्ने युवायुवतीको संख्यामा वृद्धि भएको प्रहरीको भनाई छ । नेपालको वर्तमान कानून अनुसार १८ वर्ष उमेर नपुगेका युवतीसंग सहमतिमा यौन सम्बन्ध राखेपनि अपराध मानिन्छ । विगतमा उक्त उमेरको हद १६ वर्ष थियो ।
केही गलत नियत भएका महिलाहरुका कारण साच्चैनै यौन हिंसा पीडित महिलालाई समेत समाजले हेर्न दृष्टिकोण गलतहुन थालेको छ । श्रीमान हुदाँ हुदैं परपुरुषसंग सम्बन्ध राख्ने र बाहिर हल्ला भएपछि वा पैसा लेनदेनको कुरा नमिल्दापनि बलात्कारको आरोप लगाउदैं उजुरी दिने केही महिला छन् । त्यस प्रकारका महिलाले अदालतमा गएर प्रहरीमा दिए भन्दा फरक बयान दिने गर्नाले प्रहरीलाई कुनै समय समस्या आउने गरेको छ ।