फियन कर्मचारी संचय कोष अध्यक्षमा पुनः आचार्य

826

भदौं ९,
काठमाडौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ(फियन), कर्मचारी संचय कोषको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन प्रसाद आचार्य चयन भएका छन् । अगामी चार वर्षकालागी शुक्रबार काठमाडौमा सम्पन्न भएको अधिवेशनबाट बद्रिराज खड्का , वरिष्ठ उपाध्यक्ष दिपक भट्टराई, उपाध्यक्ष राधा कंडेल, महिला उपाध्यक्ष दिनेश बास्कोटा, महासचिव खिम बहादुर खड्का, उप-महासचिव भानुभक्त गौतम, सचिव उमेशराज भट्ट, सह-सचिव सरोजकुमार यादव, कोषाध्यक्ष झलकराज शर्मा पौडेल चयन भएका छन् ।

केन्द्रीय सदस्यहरुमा शेखर थापा, शैलेश धौभडेल, केशवराज श्रेष्ठ, गौरीशंकर मल्लिक, मोहन कुमार थापा, अनिशा काफ्ले, गणेश श्रेष्ठ, रमेश भुजेल, रिपु कुमारी,सविता लुइँटेल, बल बहादुर कुँवर, सन्तोष आचार्य,सुरेन्द्र कुमार यादव, कल्पना चटौत, इश्वर श्रेष्ठ,महिला समिति अध्यक्ष सुष्मा कंडेल, युवा अध्यक्ष सरोज बस्नेत चयन भएका छन् ।

यसैगरी फियनका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनाललाई सल्लाहकार समिति संयोजक, तारा काफ्ले, सभामुख र हरिप्रसाद शर्मा खनाल, उप-सभामुखमा चयन गरेका छन् । कर्मचारी संचय कोष सामाजिक सुरक्षा प्रदायक संस्थामा अग्रणी संस्था हो ।