भदौं ८,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले बजार अनुगमन गरेको छ । आइतबार नगरपालिकाको वडा नम्बर २ स्थित दुवाकोटमा रहेका निर्माण सामाग्रीको विक्री वितरण गर्ने पसलहरुको अनुगमान गरेको हो । उपप्रमुख विना बास्तोलाको नेतृत्वमा रहेको अनुगमन टोलीले दुवाकोट हार्डवेयर एण्ड सप्लायर्स, जय विश्वकर्मा सप्लायर्स र स्वर्णीय टेड्र्रसको अनुगमन गरेको छ । निर्माण सामाग्रीको खरिद बिक्रि मुल्य, दर्ता, सामाग्रीको तौललगायत विषयमा अनुगमन गरिएको उपप्रमुख बास्तोलाले बताइन् । वडामा दर्ता नभएकालाई १५ दिनभित्र दर्ता गर्न, मुल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, कारोबार गर्दा अनिवार्य बिल दिन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा उक्त वडाका अध्यक्ष शिवहरी केसी, नगरपालिका कर्मचारी, गैर सरकारी संस्थाका अध्यक्ष सोम शर्मा बजगाई, उद्योग बाणिज्य संघ, उपभोक्ता महासंघ, पत्रकार महासंघका प्रतिनिधी, प्रहरीलगायतको उपस्थिती रहेको थियो ।