भदौ ६,
पोखरा । विप्लब समुहका कास्की जिल्ला इन्चार्ज पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीका अनुसार विप्लब समुहका कास्की इन्चार्ज कृष्ण वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पोखरा महानगरपालिका २७ शिशुवाबाट उनलाई समातेको हो ।
वाग्ले विप्लब समुहका स्याङजा जिल्ला इन्चार्ज समेत रहेको प्रहरीले जनाएको छ । उनी सहित थप दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।