गजल: मन छ

437

-यमुना पराजुली अधिकारी
इतिहासलाई बिर्साउने एउटा गीत लेख्न मन छ !
तिमीलाई म बिना नि सधै खुसी देख्न मन छ

हे प्रिय !! हासो खुसी दिउ अब कसो गरि भन ?
मोती जस्तै तप्प आँसु तिम्रै बाहु पोख्न मन छ ।

बत्ती जस्तै आफू निभी उजल्याउ तिम्रो जीवन?
तिमी भन के गरौ म ? मन तिम्रै जोख्न मन छ ।

कि त तिम्रै नाम भको मुटु रेटि पारौ छिया ?
बोल्छन सत्य पक्कै तिम्राआँखालाई सोध्न मन छ ।

इतिहासलाई बिर्साउने एउटा गीत लेख्न मन छ
तिमीलाई म बिना नि सधै खुसी देख्न मन छ ।
धनकुटा हाल: काठमाडौ