एजेन्सी, भदौ ५,
मुम्बई । लगातार हिट सिनेमाका कारण सफलता बटुलिरहेका अभिनेता आयुष्मान खुर्रानाले आफ्नो पारिश्रमिक बढाएका छन्। हालै मात्र ‘अन्धाधुन’ सिनेमाका लागि भारतको राष्ट्रिय पुरस्कार जितेका आयुष्मानले विज्ञापन खेले बापत लिदैं आएको रकममा ३ गुणाले वृद्धि गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनले प्रति विज्ञापन १ करोड भारू लिदैं आएको अब ३.५ करोड लिन लागेका छन्। उनले सिनेमाको पारिश्रमिक पनि बढाएका छन् भने सिनेमामा बढाएको पारिश्रमिकका बारेमा भने केहि समाजार सार्वजनिक भएको छैन।