भदौं २,
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का आइटी सह–संयोजक कुमार विश्वजीतका छोराले शुक्रबार आत्महत्या गरेका छन् । २६ वर्षका कुमार आशिष ‘टाटा मोटर्स’ को लागि काम गर्ने कम्पनी ‘अटोमेटिक एक्सेला’ मा काम गर्थे । आत्महत्या गर्नु एक घण्टा अघिमात्र उनी श्रीमतीलाई भेट्न उनको कलेज गएका थिए । त्यसपछि उनी आफ्ना साथीसँग एकछिन घुमे । त्यसपछि घर फर्किए र पंखामा झुण्डिएर आत्महत्या गरे । उनलाई कथित रुपमा अटो सेक्टरमा आएको मन्दीका कारण उनको जागिर जाने हो कि भन्ने डर थियो ।
यद्यपि, उनले आफ्नी श्रीमती र साथीहरुलाई उनी तनाव भएको बारे सानो शंका पनि दिएनन् । उनले कुनै सुसाइड नोट पनि छोडेका छैनन् । अब पुलिसले उनको आत्महत्याको वास्तविक कारण बारे पत्ता लगाउने कोसिस गरिरहेको छ । जमशेदपुरका एसपी सुभाष चन्द्र जाटले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘पुलिसलाई अहिले जति पनि कुरा थाहा भएको छ त्यसमध्ये एउटा कारण जब इनसिक्योरिटी (जागिरको विषयमा असुरक्षाको भावना) पनि छ । यद्यपि, उनी हिजो पनि अफिस गएका थिए । त्यसकारण आत्महत्याको मूल कारण पत्ता लगाउन केही समय लाग्नेछ ।’ -एजेन्सी