नेपाली स्याटेलाइटले अन्तरिक्षबाट चार तस्वीर पठायो

166

साउन १८,
काठमाडौं– नेपालले पहिलो स्याटेलाइटले खिचेका तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । गत बैशाख ५ गते बिहान अमेरिकाबाट प्रक्षेपण अन्तरिक्षमा पठाएको नानो स्याटेलाइटले खिचेका चार तस्विर शनिबार सार्वजनिक गरिएको हो । बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुईमा श्रीलंकाली भूभाग देखिन्छ । एउटा जापानमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ ।
यी तस्वीरहरु क्युटेक (क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी) र श्रीलंका रहेको ग्राउन्ड स्टेसनको प्रयोग गरेर खचिएको हो । नानो स्याटेलाइटमा रहेका क्यामेराले काम गर्छ कि गर्दैन भनेर परीक्षणका लागि शुरुमा सूर्यको तस्विर खिचेको बर्ड्स थ्री परियोजनाका प्रमुख आभास मास्केले जानकारी दिए ।
नेपालमा ग्राउन्ड स्टेसन बनेपछि नेपालको भूभागको तस्वीर खिच्ने उनले बताए । शनिबार सार्वजनिक गरिएका तस्विरहरु केही समयअघि लिइएको मास्केले जानकारी दिए । जापानका विभिन्न निकायको अनुमतिपछि यी तस्विरहरु सार्वजनिक गरिएको हो । उनले भने, ‘नेपालमा ग्राउन्ड स्टेसन बनेपछि यतैबाट अपलिंक गरेर फोटो खिच्ने र डाउन लिंक गर्ने योजना छ । त्यो पनि सार्वजनिक गर्ने छौं ।’
नेपाली नानो भूउपग्रहका सबै परीक्षणहरु पूरा गरी अहिले तस्वीर खिच्ने काम भइरहेको हो । उक्त भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ ।