व्यवस्था नै परिर्वतन गर्नुपर्ने कमल थापाको भनाई

93

साउन १८,
काठमाडौं । राष्ट्रि«य प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन् । पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन् । प्रमुख दलहरुले मुलुकलाई तेह् बर्ष देखि गलत बाटोमा हिडाइरहेको भन्दै उनले ‘बाटोनै गलत भएकाले ड्राईभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरे । विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप उनले लगाए ।

उनले भने,“आफुलाई प्रमुख भन्ने ठूला पार्टिहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन् । जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमानपूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले तेह् बर्षदेखी मुलुकलाई हिडाइराखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी । हामी कांग्रेस र कम्युनिष्टका भाई पार्टी होइनौ । अहिले देशको समस्या केपी ओली लाई हटाएर प्रचण्ड वा शेरबहादुर ल्याएर यो देशको समस्याको समाधान हँुदैन । जबसम्म बाटो परिर्वतन हँुदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पूग्न सकिँदैन । बाटो नै फरक छ भने ड्राइभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ ।”