साउन १८,
भक्तपुर । महानगरिय प्रहरी वृत्त ठिमीले लुटपाट गरेर फरार भएका एक जना व्यक्तीलाई लागूऔषध सहित पक्राउ गरेको छ । सल्लाघारीस्थित एक मनी ट्रासर्फरबाट दुई निकाली निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउंदै गरेकी जया कोईरालालाई २ लाख रुपैयाँ लुटपाट भएको थियो । प्रहरीले उक्त घटनाको मुख्य योजनाकार भई फरार रहेका सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौको थानकोट वस्ने बर्ष २९ को पदम तिमिल्सिनालाई पक्राउ गरेको हो ।
तिमिल्सिना, सुजन तामाङ र पबिन तामाङ मिलेर २०७५ साल असोज २४ गते कोइरालालाई चाँगुनारायण नगरपालिका २ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने बित्तिकै साथमा रहेको नगद रू २ लाख तथा मोबाइल फोन समेत लुटपाट गरेका थिए ।
फरार रहेका तिमिल्सिनालाई शुक्रबार बृत ठिमिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लोकन्थली नरेफांटबाट पक्राउ परेका तिमिल्सिनाको साथबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन ६ सेट र मोवाइल ४ थान सहित नियन्त्रणमा लिएको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिएका छन् ।
उक्त लुटपाटमा संलग्न रहेका ३ जना मध्ये तिमिल्सिना मुख्य रहेको र अन्य सुजन तामाङ र पबिन तामाङ यस अघि नै पक्राउ परेका थिए ।
पक्राउ परेका तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगी, मुद्धामा समेत संलग्न रहेको प्रहरी अनुसन्धानवाट खुलेको समेत प्रमुख कोइरालाले बताए ।