सांसद संलग्न भएको ‘उन्नाव बलात्कार काण्ड’ : थ्रिलर फिल्मजस्तो

106

साउन १५,

एजेन्सी । भारतमा यतिबेला चर्चाको केन्द्रमा रहेको ‘उन्नाव बलात्कार काण्ड’ का घटनाक्रमहरु एउटा ‘थ्रिलर’ चलचित्रको कथाजस्तै विकसित भइरहेका छन् । यस बलात्कार घटनामा उत्तर प्रदेशका भारतीय जनता पार्टीका विधायक कुलदीप सिंह सेन्गर मुख्य आरोपी रहेका छन् । अहिले सिंह र अन्य दश जनाविरुद्धसडक दुर्घटना गराएर कारमा सवार बलात्कार काण्डमा पीडित भनिएकी युवती र उनको परिवारका सदस्यहरुको हत्या खोजेको भिन्दै मुद्दा दायर गरिएको छ । गतआइतबार एउटा ट्रकले घटनाकी पीडित किशोरी चढेको कारलाई ठक्कर दिएको थियो ।

कारमा ती किशोरीसँगै उनको वकिल र उनका दुई आफन्तहरु सवार थिए । ट्रकको ठक्करबाट किशोरी र वकिल गम्भीर घाइते छन् भने दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीमा गरिएको उजुरीमा १० जनाको नाम किटेर र अन्य अज्ञात १५–२० व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरिएको छ । भाजपा विधायक कुलदीपको अतिरिक्त मनोज सिंह सेन्गर, विनोद मिश्र, हरिपाल सिंह, नवीन सिंह, कोमल सिंह, अर्जुन सिंह, ज्ञानेन्द सिंह, रिकूं सिंह, अवदेश सिंहको नाम उजुरीमा उल्लेख छ । १९ वर्षे बलात्कार पिडिताको आमाले विधायक कुलदीपले ट्रकले ठोक्काएर आफ्नो सम्पूर्ण परिवारलाई ‘सफाया गर्ने प्रयास’ गरेको आरोप लगाएकी छिन् । आइतबार युवती र उनको परिवार कारमा राय बरेली जिल्ला जेलमा बन्द युवतीकी अकंललाई भेट्न जाँदै थिइन् । बलात्कार घटनालाई बाहिर ल्याउने व्यक्ति उनै थिए । त्यसको केही पछि नै युवतीको अंकललाई एउटा हत्याको आरोप लाग्यो र उनी अहिले जेलमा बन्दी छन् ।

सवारी दुर्घटनापछि गम्भीर अवस्थामा उपचार गराइरहेको युवतीकी आमाले पत्रकारसँगको कुराकानीमा भनिन् ,‘ यो दुर्घटना होइन । यो जानी जानी गरिएको हो । विधायकका मानिसले यो सबै गराएका हुन् । हामीलाई कयैन पटक धम्की दिइसकेको छ । सम्झौता गर्न दबाब दिइदैं आएको छ । विधायकले जेलमै बसेर यो सबै काम गराइरहेका छन् । विधायक आफै जेलमा रहे पनि उसको मानिस बाहिर खुल्ला घुमिरहेका छन् । हामीलाई न्याय चाहिएको छ ।’
जुन ट्रकबाट बलात्कार पिडित सवार गाडिमा ठक्कर दिइयो, त्यसको नम्बर प्लेटमा कालो पोतिएको छ । यसले घटनालाई झनै शंकास्पद बनाएको छ ।

नम्बर प्लेटमा काले पोत्ने कारणबारे ट्रक मालिकको भनाई उद्धृत गर्दै प्रहरी अधिकारी९एडीजी० कृष्णले भने,‘ट्रक मालिकको भनाईमा ट्रकको किस्ता समयमा नतिरेका फाइन्यान्सले पटक–पटक दुःख दिइरहेको थियो । त्यसैले उसले अगाडिको नम्बर प्लेटमा ग्रीज दलेको बताएका छन् ।’
युवतीलाईसुरक्षा खतरा भएको भन्दै उनलाई ६ सुरक्षाकर्मी दिइएको थियो । तर ट्रकले ठक्कर दिएको समयमा ती मध्य एक जना पनि नहुनुले पनि षड्यन्त्रको गन्ध आएको छ । यस घटनामा विभिन्न राजनीतिक दलले पनि षड्यन्त्र भएको भन्दै प्रश्न उठाइरहेका छन् ।समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव यसलाई सिधा हिसाबमा षड्यन्त्र बताइरहेका छन् ।त्यस्तै प्रियंका गान्धीले पनि यसलाई सडक दुर्घटनामात्र मान्न तयार छैनन् ।

थ्रिलर फिल्मजस्तो कथा

जुलाई २८ मा भएको दुर्घटनामा मृत दुई महिलामध्य एक जना यो पुरा मामिलाको प्रत्यक्षदर्शी पनि थिइन् । अर्को एक प्रत्यक्षदर्शीको मृत्यु केही समय अघि भएको थियो ।बलात्कार पीडित युवतीका पिता पनि यहि प्रकरण सुरु भएपछि बितेका थिए । उनको अंकल पनि केही हत्याको मुद्दामा केही दिन पहिले जेल पु¥याइएको थियो । ती युवतीसहित परिवारका अन्य सदस्य दुर्घटनाको दिन उनैलाई भेट्न रायबरेलीको जेल जाँदै थिए ।यो सम्पूर्ण मामिलामा कुनै थ्रिलर फिल्मको कथाभन्दा कम छैन । उन्नावको बांगरमऊबाट भाजपा विधायक कुलदीप सैन्गरमाथि सन् २०१७जुनमा बलात्कारको आरोप लागेको थियो । आरोप यो पनि थियो कि बारम्बार उजुरी गर्दा खोज्दा पनि प्रहरीले मानेको थिएन । त्यसपछिपीडित युवतीको परिवारले अदालतको साहारा लिएको थियो ।
पीडित परिवारका अनुसार यो दौरान विधायकका परिवारले उनीमाथि मुद्दा फिर्ता गर्नको लागि दबाव दिइरह्यो । यसको उजुरी गर्न पीडित युवती उन्नाव प्रहरीका हरेक अधिकारीसँग गए पनि कसैले सुनुवाइ गरेनन् ।पीडितका अनुसार पछिल्लो वर्ष अप्रिलमा विधायकको भाई अतुल सिंह र उनको साथीहरुले उनको पितालाई पिटे र पछि प्रहरीले उनको पिताविरुद्ध नै उजुरी दर्ता गरेर जेलमा पठाए ।
अन्तिममा आजित भएर पीडित युवतीले आफ्नो आमासँग अघिल्लो वर्ष अप्रिल ८ मा लखनउमा मुख्यमन्त्री आवास अघि गएर आत्मदाह गर्ने कोसिस गरिन् । तर उनलाई बचाइएको थियो । त्यसको भोलिपल्ट नै पीडित युवतीको पिताको प्रहरी हिरासतमा मृत्यु भयो । त्यसपछि यो घटनाले राष्ट्रिय स्तरमा चर्चा बटुल्न थाल्यो ।

चार महनापछि यो घटना अर्थात् प्रहरी हिरासतमा यातना र मारपिटको प्रत्यक्षदर्शी र घटनाको मुख्य साक्षीको रहस्यमय अवस्थामा मृत्यु भएको छ । यो सम्पूर्ण अवस्थामा पनि विधायक सेन्गरलाई पक्राउ गरेर अनुसन्धान भएको थिएन । जब अदालते उनलाई कारबाही गर्नको लागि आदेश दियो र त्यसपछि उनीमाथि सीबीआई जाँच शुरु भयो तब मात्र अप्रिल १३ मा कुलदीप सेन्गरको गिरफ्तारी भयो ।यो मामिलामा विधायक कुलदीप सेन्गरको पत्नी र उनको परिवारका अन्य सदस्यले भने बलात्कार समेत सम्पूर्ण घटनालाई षड्यन्त्र बताइरहेका छन् । यो घटनाको अनुसन्धान गर्न गठित एसआईटीको रिपोर्ट आएपछि प्रहरीले आईपीसीको धारा ३६३, ३६६, ३७६ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ । मामिलाको जाँच सीबीआईले गरिरहेको छ ।

सन् २०१९ जुलाई २८स् राय बरेली जेलमा बन्दी अंकललाई भेट्न जाँदै गरेकी पिडित युवतीको कारमा ट्रकले ठक्कर दियो । कारमा सवार युवतीका दुई अन्टीको घटनास्थलमै मृत्यु भयो । साथमै रहेका युवतीको वकिलका साथै युवतीको अवस्थामा चिन्ताजनक रहेको छ । कारलाई ठक्कर दिएको ट्रकको नम्बर प्लेटमा कालो पोतिएको अवस्थामा फेला पर्यो ।