प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने

198

साउन १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने भएका छन्। उनी उपचारका लागि सिंगापुर जान लागेका निजी चिकित्सक तथा मुटु रोग विशेषज्ञ डा अरुण सायमीले बताए। प्रधानमन्त्री ओली साता अघि तिलगंगा आँखा अस्पतालको कार्यक्रममा भाग लिएर फर्किएदेखि अस्वस्थ छन्। छाउनीस्थिति सैनिक अस्पतालमा गरिएको परीक्षणमा ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको थियो।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ जाने भएको बालुवाटार स्रोतले बताएको छ। यता आज मंगलबार नैं नेकपाका अरका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल र परिवारका सदश्य सहित दुवई तर्फ लागेका छन् । उनी शनिबार सम्म नफर्किए नेकपाले कार्यबाहक अध्यक्षको खोजी गर्नु पर्नेछ ।