बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खान ६ वर्ष भए पनि हुने ?

373

साउन ८,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद रामनारायण विडारीले ठुलो संख्यामा युवाहरु लागू औषध र्दुव्यसनमा फसेको भन्दै चिन्ता जनाएका छन्। रक्सी र लागू औषधको कुलतले युवाहरु बिग्रिएको भन्दलै उनले त्यसमा सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले स्वदेशका युवाहरु कुलतमा फस्ने र योग्य र क्षमता भएका युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गरे। उनले समयमै त्यसतर्फ विचार पुर्याउनुपर्नेमा जोड दिए।

‘जहाँ बसेर पनि खान पाइने, अस्पताल, मन्दिर जहाँ पनि बसेर खान पाइने देश नेपाल हो। संसारमा निश्चित ठाउँमा मात्रै रक्सी खान पाइन्छ । बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खान ६ वर्ष भए पनि हुने ? यो त हुँदै भएनु, उनले भने, ‘एउटा सटरमा रक्सी पसल, अर्कातिर औषधि पसल। कर ड्यामड्यामी आएपछि मोटर चढ्न पाइन्छ भनेर यसरी मनपरी गर्न त भएन नि !’ सांसद बिडारीले २२ वर्ष नपुगेकाले रक्सी खान नपाउने कानुन बनाउनुपर्नेमा जोड दिए । ‘नागरिकता बनाउन चाहिँ १८ वर्ष पुग्नुपर्नेु, उनले भने, ‘अनि रक्सी खान चाहिँ रोकछेक नहुने। अब टोलटोलमा को को जँड्याहा छन्, ती सबैको सूची उतारौँ।’

फरक प्रसंगमा बिडारीले मुलुकका विभिन्‍न स्थानमा निर्माण गरिएका राजमार्ग तथा साँघुरा सडकमा पैदल यात्रुका लागि पेटीको व्यवस्था नभएको भन्दै आक्रोश पोखे। उनले सडक निर्माण गर्दा साइकल र पैदल यात्रीका लागि पेटीको व्यवस्था गर्न पनि माग गरे।