‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फूल्यो’मा उपासनासँग दया र कर्माको ठुम्का (भिडियो)

220

साउन ७,
काठमाडौं । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ ।

एसडी योगीको संगीत रहेको गीतको शब्द हर्क साउदले लेखेका हुन् । गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठले आवाज भरेका छन् । गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् । बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारहरुलाई पनि गीतको भिडियोमा अटाइएको छ ।

यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । शैलेन्द्र डि. कार्कीले खिचेको फिल्ममा रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । यो फिल्म भाद्र १३ मा रिलिज हुँदैछ ।
निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार छ । सार्वजनिक गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ ।