एजेन्सी, साउन ६,
काठमाडौं । फराह खानले निर्देशन गर्न लागेको ‘सत्ते पे सत्ता’को रिमेकमा नायक ऋतिक रोशन मुख्य भूमिकामा अनुबन्धित भएका छन् । उनले ‘सत्ते पे सत्ता’मा नायक अभिताभ बच्चनले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछन् ।
अभिताभको भूमिकामा त ऋतिक पक्का भए । अब हेमा मालिनीले निर्वाह गरेको भूमिकामा को रु भन्ने प्रश्न उठ्दै आइरहेको थियो । अब भने यो प्रश्नको जवाफ पनि दर्शकले पाएका छन् । चलचित्रमा नायिका कट्रिना कैफको प्रवेश भएको छ । उनले हेमा मालिनीले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछिन् । ऋतिक र कट्रिनाले यसअघि पनि चलचित्रमा काम गरिसकेका छन् । उनीहरुको जोडीलाई रुचाउनेको संख्या पनि राम्रो छ ।
यो भूमिकाको लागि नायिका दीपिका पादुकोणलाई पनि अफर गरिएको थियो । तर, समय नमिलेको भन्दै दीपिकाले यो अफरलाई स्विकारिनन् । दीपिकाले नभ्याउने भएपछि कट्रिनासम्म अफर पुगेको थियो । चलचित्रमा रोहित सेट्ठीले लगानी गर्नेछन् ।