-मुना बस्नेत
जिवनको सत्यबोध
चिहानको एकान्तमा हुन्छ
अनि चिहान यथार्थबोध
जिवनको उत्तरार्धमा हुन्छ
म उसलाइ निर्निमेष हेर्छु ।
कठै, त्यो चिहानभित्रको जीवन ।
उसले लगाउने क्रान्तियुक्त कोट
मानौ पार्टीको झण्डा हो
उसले हास्ने हासो
पार्टी बजेटको देन हो
उसका बिचारहरु भरिएर पोखिएका पो हुन कि ?
उसमा बिचार शुन्य
उ पार्टी-पार्टीमा आफ्नो दर्शनभेट दिदै गयो
एउटै प्लेट्मा एकै पटक
माक्र्सवाद ,फासिवाद, समाजवाद, माओवाद……।
अनि असंख्य वादहरु पस्कियो
खै कति खान सक्यो कुन्नी
सुन्छु, उसलाइ पखालाले आक्रान्त पारेको छ ।
आगाडी पछाडी सधै कर्याकर्ता घेरिने
सुसम्पन्ताको प्रतीक छ
आफ्नो मुलमत्र कन्चन खोलामा
निर्लज्ज बिस्थापन गर्छ ।
अनि अट्टहासको साथ प्रश्न गर्छ
खोला स्निग्धतामा
उसको जीवन बन्दा भन्दा बदुता रहेन
पत्ररुपी कर्याकर्ताहरु क्रमशस् उम्कदै जान्छन ।
अन्तिममा शून्य उ…..
कठै उसको चुहानभित्रको जीवन ।
एउटा सफल नेताको असफल जिवनयात्रा
उ आफुलाइ सम्झन्छ
निराशा, चालवाजी , निरर्थक
उसलाइ पापबोध हुँदै जान्छ
प्लास्टिकको पातलो सतह छोपिएको प्रभाबिहिन छाला
कोट्याएर आफैलाइ हेर्छ,
सुङगन्धले नाक थुन्छ
आफैलाइ वल्ल चिनेझै
उसको त्यो हेराइ अत्यन्त मलिन छ, नौलो छ उ जीवन बुझन
चिहानमा रातदिन भौतारिरहेछ
उ चिहानको एउटा मसान भुत……।