अनौपचारिकलाई औपचारिक क्षेत्रमा रुपान्तरण गर्ने कार्यशाला गोष्ठी

235

साउन ५,
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले अनौपचारिक क्षेत्रलाई औपचारिकमा रुपान्तरण गर्ने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । ट्रेड युनियन कांग्रेसले आई.एल.ओ. र जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जिलाफ )को सहकार्यमा काठमाडौ जिल्ला भित्र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई कसरी औपचारिक क्षेत्रमा रुपान्तरण गर्न सकिन्छ भन्ने उदेश्यकासाथ गोष्ठीको आयोजना गरेको हो । गोष्ठीको उद्घाटन गर्नु हुदै ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादवले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको संख्या जति ठुलो छ त्यती नै ठुलो समस्या र चुनौतीहरु समेत विद्यामन रहेकोले यस क्षेत्रको समस्या समाधानकालागी सहकारीको माध्यमबाट औपचारिक क्षेत्रमा रुपान्तरण गरि आर्थिक स्तर सुधार गर्ने दिशामा लागिरहेको बताउनु भयो । जिलाफका प्रतिनिधि तोसि साईतोले नेपाल लगायत विभिन्न विकासिल देशका अनौपचारिक क्षेत्रका श्रमिकहरुको आर्थिक स्तर सुधार गर्न विभिन्न स्वरोजगार तालीमहरु संचालन गरिरहेको बताउनु भयो ।
आई.एल.ओ.का प्रतिनिधि सौरभ शाहले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई संगठित गरि औपचारिक क्षेत्रमा रुपान्तरण गरि स्थानीय र प्रदेश सरकारसंग श्रमिकका सवालहरुलाई पुर्‍याउने काम गर्नु पर्ने बताउनु भयो । ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश के.सि.ले अनौपचारिक क्षेत्रलाई औपचारिकमा रुपान्तरण गर्ने महत्वपूर्ण माध्यम सहकारी रहेको बताउनु भयो । कार्यशाला गोष्ठीमा आई.एल.ओ.का प्रतिनिधि अनिल चौधरीले अनौपचारिकलाई कसरी औपचारिकमा रुपान्तरण गर्नेबारे कार्यपत्र प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा स्वागत केन्द्रीय सदस्य तथा सहकारी विभागका संयोजक लक्ष्मी के.सि.ले गर्नु भएको थियो भने कार्यक्रम काठमाडौ जिल्ला अध्यक्ष देवि भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।