योगासन सहितको पुस्तक सार्वजनिक

242

असार २८,
भक्तपुर । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” शुक्रबार सार्वजनिक गरिएको छ । निरु योगा होमस्टेको आयोजना तथा भक्तपुरको जगाती स्थित रेडियो हिमालयन ९९.७ मेगाहर्जको सहयोगमा होमस्टे संचालक योगी राजन बाँस्तोलाद्धारा लिखित योग सम्बन्धी पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, नमस्ते ख्वप टेलिभिजनका प्रमुख ऋषिकेश श्रेष्ठ, युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले पुस्तक विमोचन गरेका थिए ।

पुस्तकका लेखक योगी राजनले साडे २ वर्षको अध्ययन, अनुसन्धान गरि १८ वर्ष लामो अनुभवलाई समेटेर तयार पारेको पुस्तक योगका बारेमा रुची राख्ने सबैका लागि उपयुक्त हुने बताए । लेखक राजनले २१० पृष्ठ लामो सचित्र यो पुस्तक बिक्रीबाट संकलित रकम मध्ये २५ प्रतिशत रकम गरिब विद्यार्थीहरुको पोशाक वितरणमा खर्च गरिने जानकारी दिएका छन् ।