प्रहरीले खोजिरहेको बेला लुकिरहेका अपराधीले पादेपछि…

1039

एजेन्सी, असार २६,
काठमाडौं । अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले थियो । उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादे ‘पक्राउपूर्जी जारी भएको व्यक्तिलाई प्रहरीले खोजिरहेको बेलामा चर्को गरी पाद्दा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि दिसे हुन्छ,’ क्ले काउन्टी शेरिफ्स अफिसले फेसबूक पोस्टमा लेख्यो ।

लिबर्टी प्रहरी विभागले पनि यस घटनाको बारेमा ट्वीट लेख्यो । उनी पक्राउ पर्दा कोही पनि घाइते नभएको भन्दै उसले ट्वीट गरेको हो । स्थानीयहरूले सामाजिक सञ्जालमा प्रहरी विभागलाई अपराधी समातेकोमा धन्यवाद दिए ।