प्रेस स्वतन्त्र छ, पुष्टी नभए पनि समाचार लेख्न पाउनुभएकै छः संचारमन्त्री बास्कोटा

200

असार २०,
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको बताए।

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने उनको भनाइ छ। सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने उनको तर्क छ। अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरेको भन्दै आपत्ति जनाए। ‘प्रेस चलेकै छन् एकदम राम्ररी, सबैले आफूलाई लागेको कुरा भए पनि नभएपनि पुष्टि भएपनि नभए पनि गजबले राख्न पाउनुभएको छ। एकदम स्वतन्त्र छ।’

सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बास्कोटाले बताए। संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए। उनले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताए।