असार १९,
काठमाडौँ । दीपक मनाङे भनेर चिनिने गण्डकी प्रदेश सांसद राजीव गुरुङ सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पोखरास्थिति नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा उनलाई नेकपा प्रवेश गराएका हुन् ।
मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद मनाङ्गे फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि सपथसमेत लिन पाएका थिएनन् ।
निर्वाचित भएको झण्डै नौ महिनापछि गत २४ माघमा उनले सांसदको शपथ लिएका थिए । सर्वोच्च अदालतले उनलाई थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो भने खोलिदिएको छ ।