बानेश्वरबाट तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

1260

असार १८
काठमाडौं । तास खेलिरहेको अवस्थामा आठ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरले बुधबार साँझ पक्राउ गरेको छ। काठमाडौं३-१ बानेश्वरस्थित पानीट्यांकीबाट आठ जनालाई तासको खालबाट पक्राउ गरिएको बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

उनका अनुसार खालबाट एक लाख ९९ हजार ५०० रकम र तासका बुङहरु बरामद भएका छन्। पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने डिएसपी रेग्मीले बताए। बानेश्वर क्षेत्रमा हुने अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरी टोलीले तास खेलिरहेका व्यक्तिलाई पक्राउ गरेको डिएसपी रेग्मीले बताए।