सिनामंगलमा माइक्रो र बस ठोक्किँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर

83

असार १७,
काठमाडौँ । काठमाडौँको सिनाम‌ंगलमा दुई सवारी साधन ठाेक्किँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए।

घाइतेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते हुनेमा १३ पुरुष र चार महिला छन्। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ।