प्रियंका कार्कीको निर्देशनमा ‘जस्ट अनादर लभ स्टोरी’, समलिंगी महिलाको प्रेम कथा

364

असार १६,
काठमाडौं । नायिका प्रियंका कार्की निर्देशनमा उत्रिएकी छिन् । प्रियंका आफ्नै प्रोडक्सन कम्पनी प्रिंकल बेल पिक्चर्सबाट बन्ने वेभ सिरिज जस्ट अनादर लभ स्टोरी लाई प्रियंकाले निर्देशन गर्ने भएकी हुन् । समलिंगी महिलाको कथामा बन्ने वेभ सिरिज अगस्टबाट युटुवमा अपलोड हुनेछ । समलिंगी महिलाको प्रेम कथामा बन्ने वेभ सिरिजमा प्रियंका र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका रहनेछ । नायक आयुष्मान देशराज जोशी डिरेक्टर अफ फोटोग्राफरको रुपमा रहनेछ ।

स्क्रिप्टमा प्रियंकालाई सान थापाले सघाइ रहेका छन् । वेभ सिरिजको मुल कथा भनेकै प्रेम कथा रहेको छ । जसमा दुई युवतीबिचको प्रेम कथालाई देखाइनेछ । प्रियंकाले बनाउने वेभ सिरिजको पहिलो श्रृंखला ८ एपिसोडको हुनेछ । जसको पहिलो भागको प्रिमियर गाइजात्रामा हुने प्रियंकाले जानकारी दिइन् । यो वेभ सिरिजको दोश्रो श्रृंखला भने अन्र्तराष्ट्रिय तवरमा निर्माण गरिने समेत प्रियंकाले बताइन् ।