एजेन्सी, असार १५,
काठमाडौँ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता भएको छ । नेपाली समय अनुसार आइतबार दिउँसो साढे १२ बजेपछि ट्रम्प र किमबिच दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेट भएको हो । ट्रम्प औपचारिक रुपमा पहिलो पटक उत्तर कोरिया प्रवेश गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यकालकै बेला उत्तर कोरिया प्रवेश गरेको यो पहिलो पटक हो । किमले ट्रम्पसँग हात मिलाउँदै भने ‘फेरि भेट्न पाउँदा खुशी लाग्यो । यो ठाउँमा भेट होला भनेर कहिले सोचेको थिइन ।’
यसपछि ट्रम्प र किम दुवै उत्तर कोरिया तर्फ आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प उत्तर कोरियामा प्रवेश गर्नु उच्च साहस र लगनको कार्य रहेको किमले प्रतिक्रिया दिएका छन् । दुई नेताबिच डिएमजेड क्षेत्रमा रहेको पानमुजोममा भेटवार्ता भएको हो । भेटमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन पनि उपस्थित छन् । त्रिदेशीय वार्ता यो पहिलो हो ।
जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति ट्रम्प जापानबाट दक्षिण कोरिया गएका हुन् । जापानमै रहेका बेला ट्रम्पले डिएमजेड क्षेत्रमा भेटका लागि आह्वान गरेका गरेका थिए । डिएमजेड अर्थात डिमिलिटराइज्ड जोन, उत्तर र दक्षिण कोरियाको त्यो क्षेत्र हो जसले दुई देशलाई छुट्याउँछ । ट्रम्पले उत्तर कोरियासँग रोकिएको परमाणु निशस्त्रिकरण सम्बन्धी वार्तालाई पुनः जीवन दिने प्रयास गरेका हुन् । सोही प्रयास अन्तर्गत भएको हो किम र ट्रम्पबिच ।